काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला २ लाख १६ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेर २ हजार ६ सय २० रुपैयाँ कायम भएको छ । यसअघि गत शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार ५ सय ८० रुपैयाँमा कारोबार भईरहेको थियो ।