Logo

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ५१ करोड ६८ लाखमै सीमित

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ५१ करोड ६८ लाखमै सीमित



काठमाडौं । लगातार ओरालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आईतबार दोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातदेखि नै उकालो यात्रा तय गरेको नेप्से आइतबार अन्तिम समयमा १४ दशमलव ३५ अंकले बढको हो ।

laxmi

आज बजारमा कारोबार भएका म्युचुअल फण्ड र होटल तथा पर्यटनबाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । आईतबार सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक ९० अंकले बढ्दा जीवन बीमा समुहको परिसुचक ३९ अंकले बढेको छ ।

यस्तै आज विकास बैंक समुहको परिसुचक ३३ अंकले उकालो लाग्दा लघुवित्त समुहको परिसुचक २९ अंकले उकालो लागेको छ । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक ११ अंकले उकालो लागेको छ ।

आज दिनभर २ सय २१ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५१ करोड ६८ लाख ३ हजार रुपैयाँमा सिमित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL