Logo

निरन्तर ओरालो यात्रापछि मंगलबार नेप्सेमा सुधार, बढ्न सकेन कारोबार रकम

निरन्तर ओरालो यात्रापछि मंगलबार नेप्सेमा सुधार, बढ्न सकेन कारोबार रकम



काठमाडौं । लामो समयको निरन्तर ओरालो यात्रा पछि मंगलबार नेप्से परिसुचकमा सुधार आएको छ । मंगलबार बजार खुलेदेखिनै बढ्न सुरु गरेको नेप्से परिसुचक अन्तमा २१.३० अंकले बढ्न पुगेको छ ।

laxmi

बढ्दो बजारमा सबै उपसमुहका परिसुचकहरु हरिया भएका छन् । जसमा सबैभन्दा बढी फाइनान्स समुहको परिसुचक २.१३ प्रतिशतले उकालो लागेको छ भने उत्पादनमुलक समुहको परिसुचक १.८७ प्रतिशतले बढ्न पुगेको छ । दोहोरो अंकले बढेको बजारमा बोटलर्स नेपाल (वालाजु)को सेयर मुल्य बढेर सर्किट हानेको छ ।

नेप्से परिसुचक बढेपनि कोरोबार रकममा भने सुधार आउन सकेन । मंगलबार नेप्सेमा ९२ करोड २५ लाख रुपैयाँको मात्र सेयर कारोबार भएको छ । जसमा २३१ कम्पनीको ३१ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL