Logo

माइपे डिजिटल वालेटको एक दिने राइड कार्यक्रम सम्पन्न, २०० बढी राइडर सहभागी

माइपे डिजिटल वालेटको एक दिने राइड कार्यक्रम सम्पन्न, २०० बढी राइडर सहभागी



काठमाडौं । माइपे डिजिटल वालेटले आयोजना गरेको राइड कार्यक्रम ‘सजिलो प्रिजेन्स माइपे राइड विथ एम आर बी’ सफलतापुर्वक सम्पन्न भएको छ । भदौ १८ गते शनिबार सम्पन्न उक्त मोटरसाइकल राइड कार्यक्रममा चर्चित मोटो भ्लगरसँगै राइड मन पराउने २०० भन्दा बढी राइडरको सहभागीता रहेको थियो ।

laxmi

राइडमा नेपालमा विभन्न भागबाट आएका राइडरहरुको सहभागिता रहेको थियो । माइपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताको अध्यक्षतामा सम्पन्न उक्त राइड कार्यक्रम भक्तपुरको राधे राधे देखि काभ्रेको धुलिखेलसम्म पुगेको थियो । कार्यक्रममा पछिल्लो समय युवाहरुमाझ निकै चर्चित मोटो भ्लगर विविद जंग थापा (एम आर वि) सँगै नायिका स्वस्तिमा खड्का, नायक नीराजन प्रधानको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा र्याप समूह ट्रिपी ग्याङ तथा सन्दर्भ ब्यान्डले लाइभ प्रस्तुति समेत दिएका थिए ।

माइपेका सिइओ मनोज मेहताले नेपाली युवाहरु माझ लोकप्रिय माइपे वालेटले आगामी दिनमा समेत युवाहरुको चहाना र आवश्यकतालाई मध्येनजर गर्दै थप सुविधाहरु थप्दै लगिने जानकारी दिए । यस्तै राइड कार्यक्रमलाई सम्बोधन गर्दै माइपेका विजनेस तथा मार्केटिङ हेड रोशन सिग्देलले युवाहरुमाझ लोकप्रिय बन्दै गएको माइपे वालेटले युवाहरुकै इच्छा बमोजिम राइड कार्यक्रम आयोजना गरेको बताए ।

नेपाली राइड सियरिङ एप सजिलोका प्रमुख कार्यकारी अधिकृत अमिर लामाले युवाहरुलाई नयाँ अनुभवको अवसर दिएको तथा आफूपनि यस कार्यक्रममा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । कार्यक्रममा सहभागी राइडरहरु अहिलेसम्मकै उत्कृट राइडको अनुभव रहेको बताएका थिए ।

डिजिटल भुक्तानीप्रति जनचेतना अभिवृद्धि गर्ने, ट्राफिक नियमको पालना सम्बन्धी जनाकारी गराउँने साथै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले राइडको आयोजना गरिएको माइपेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL