Logo

केएफसीको चौधौँ शाखा बुटवलमा, एक पटकमा ६५ जनालाई सेवा दिन सक्ने

केएफसीको चौधौँ शाखा बुटवलमा, एक पटकमा ६५ जनालाई सेवा दिन सक्ने



काठमाडौं । अन्तरराष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा आफ्नो चौधौँ शाखा बिस्तार गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं ८, सुख्खानगर स्थित भाटभटेनी डिपार्टमेन्टल स्टोरको छेउमा नयाँ शाखा खोलिएको हो । उक्त आउटलेटमा केएफसिका बिभिन्न चिकेन परिकार जस्तै हट एण्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिपलगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ ।

laxmi

केएफसीले आफ्ना गा्रहकका लागी विभिन्न स्वादिष्ट परिकारहरुहरु उपलब्ध गराउँदै कोभिड १९ को रोकथामका लागी विश्व स्तरिय सुरक्षा नीति समेत अवलम्बन गरको छ ।

जसका लागी ४ प्रकारका सुरक्षा मापदण्डहरु स्वच्छता, जाँच, सामाजिक दुरी र कन्ट्याटलेस सेवा जस्ता मापदण्डलाई अनिवार्य गरिएको छ । रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरु जस्ता सतहको सरसफाइ निर्मलिकरण गर्ने गर्दछ ।

केएफसीका कर्मचारीहरुले हरेक ग्राहकलाई सेवा दिएपश्चात आफ्ना हात र झोला निर्मलिकरण गर्ने गर्दछन् । हरेक ग्राहकबीच ६ फिटको सामाजिक दुरी कायम गर्दै रेस्टुरामा आउने ग्राहक र सेवामा रहेका कर्मचारी बिच समाजिक दुरी कायम राख्न स्टिकर लागयत समानको प्रयोग गरि अझ ब्यवस्थित गरिएको छ । १८८० वर्ग फिट मा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ६५ जना ग्राहकहरुले सेवा लिन सक्नेछन् । रेटुरेन्टले हाल विहान १० बजे बाट रातको १० बजे सम्म डाइन–इन र टेक अवे मार्फत सेवा दिइरहेको छ । साथै भोज डिल मार्फत डेलिभरी सेवा मार्फत घरै बसेर विश्वस्तरिय परिकारको मज्जा लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL