Logo

सिटी एक्सप्रेसको ‘बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायोे’ योजना सार्वजनिक, ५ तोला सुन जित्ने मौका

सिटी एक्सप्रेसको ‘बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायोे’ योजना सार्वजनिक, ५ तोला सुन जित्ने मौका



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैँ, तिहार र छठलाई लक्षित गर्दै ६३ दिन सम्म चल्नेगरी उक्त अफर सार्वजनिक गरेको हो ।

laxmi

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्रमार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने छ ।

कम्पनीका अनुसार उक्त अफर भदौ १५ गते देखि कार्तिक १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL