Logo

साओमीको ‘साओमी १२ लाइट’ नेपाली बजारमा, यस्ता छन् विशेषता र बजारमूल्य

साओमीको ‘साओमी १२ लाइट’ नेपाली बजारमा, यस्ता छन् विशेषता र बजारमूल्य



काठमाडौं । साओमीले अल्ट्रा स्लिम साओमी १२ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । हरेक व्यक्तिको छुट्टा–छुट्टै व्यक्तित्व हुन्छ र यही कुरालाई मध्यनजर गरेर को डिजाइन साओमी १२ लाइट गरिएको कम्पनीले जानकारी दिएको छ । जुन फेसनेबल र लक्जरियस छ ।

laxmi

डिभाईस सार्वजनिक कार्यत्रममा बोल्दै साओमीका कन्ट्री जनरल म्यानेजर अमित पण्डा पण्डाले साओमीले नवीनतम प्रविधिमा अपडेट भईरहन रुचाउने ग्राहक वर्गलाई ध्यानमा राख्दै सुप्रिम पर्फर्मेन्स क्षमता भएका र आकर्षक डिजाइनका टप नच फोन सेटहरु समय–समयमा विकास गरिरहेको बताए । उनले मोस्ट अवेटेड र फ्यासनेब्ली अपिलिङ स्मार्ट फोन साओमी १२ लाइट ल्याईएको उनको भनाई थियो । यो फोनबाट उपभोक्ताहरुले फ्ल्यागशिप पर्फर्मेन्सको अभुतपुर्व अनुभव लिन सक्ने उनले बताए ।

यस्तै नउले उक्त फोनमा फ्ल्यागशिप डिजाइनसँगै १०८ मोगापिक्सेलको मेन क्यामरा, ८ मेगापिक्सेलको अल्ट्रा वाइड एङल क्यामरा र २ मेगापिक्सेलको म्याक्रो क्यामरा भएकोले उपभोक्ताहरुले लक्जरियस एक्स्पिरियन्स लिन सक्ने बताए ।

७.२९एमएमको मोटाइ र जम्मा १७३ ग्रामको फेदरवेट र अल्ट्रा स्लिम साओमी १२ लाइट हरियो , गुलाफी र कालो रंगहरुमा उपलब्ध छ । प्रिमियम एस्थेटिकको लागि यसको पछाडि पट्टीको भागमा युनिफाईड म्याट कलर ग्रेडिएन्त फिनिश दिइएको छ । तीनवटा क्यामराको वरिपरि भएको मेटल रिङहरुले यो स्लिक र युनिक सेटलाई अझ लक्जरियस टच प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

कभर शट लिनको लागि स्टुडियो लेभलको क्यामरा

यसमा भएको तीन–तीन वटा शक्तिशाली लेन्सहरुले जुनसुकै कोणबाट हाइ डेफिनिसन तस्बिर लिन सकिन्छ। त्यस्तै यसमा भएको मोसन क्याप्चर इनेबल गरेर आइ ट्र्याकिङ फोकसमा स्टाइलिश कभर शटहरु लिन सकिन्छ।

त्यस्तै अगाडि भएको ३२ एमपी क्यामरामा जडित जीडी२ सेन्सर र अटो फोकसले स्पष्ट र उच्च गुणस्तरीय सेल्फी खिच्न सकिन्छ । साथै दुईवटा सफ्ट एलईडी सेल्फी ग्लोले प्रयोगकर्ताको प्राकृतिक सुन्दरतालाई राम्रोसँग कैद गर्छ । १९ वटा टेम्पलेट सहितको भ्लग मोडबाट विभिन्न किसिमका भ्लगहरु तुरुन्तै बनाउन मिल्नुका साथै यसमा वान क्लिक एआई र अन्य थुप्रै सिनेम्याटिक फिल्टरहरु पनि उपलब्ध छन्।

६+१२८ जिबी र ८+१२८ जिबीस्टोरेज सहित आउने साओमी १२ लाइट हरियो , गुलाफी र कालो रंगहरुमा उपलब्ध छ । यसको मुल्य ६+१२८ जिबी –५० हजार ९ सय ९९ र ८+१२८ जिबी–५३ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । यो सेट नेपालभरिको सम्पूर्ण आधिकरिक स्टोरहरुमा हहबाट उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL