Logo

औषधि उद्योगमा उदाउँदै अकोर्ड फर्मास्युटिकल्स, १०४ प्रकारका औषधि बजारमा

औषधि उद्योगमा उदाउँदै अकोर्ड फर्मास्युटिकल्स, १०४ प्रकारका औषधि बजारमा



काठमाडौं। नेपालमा स्वदेशी औषधि उद्योगको योगदान बढ्दो क्रममा छ। छोटो अवधिमै आफ्नो उपस्थितिलाई मजबुत बनाउन सफल अकोर्ड फार्मास्युटिकल्स लिमिटेड हाल स्वास्थ्य क्षेत्रमा उल्लेखनीय नाम बनेको छ।

आर्थिक वर्ष २०७९÷८० मा ११ करोड रुपैयाँको कारोबारबाट सुरुवात गरेको अकोर्डले २०८१÷८२ सम्म आइपुग्दा कारोबार ३८ करोड २४ लाख पुर्‍याउँदै औषधि बजारमा तीव्र छलाङ मारेको छ। कम्पनीका महाप्रबन्धक रमेशमान श्रेष्ठका अनुसार बिक्री वृद्धिसँगै गुणस्तरमा निरन्तर सुधार र चिकित्सक–बिरामीबीच विश्वास कायम गर्नु कम्पनीको प्राथमिकता रहेको छ।

अकोर्डको मुख्य बलियो पक्ष यसको पूर्ण रूपमा स्वचालित उत्पादन प्लान्ट हो, जसले अन्तर्राष्ट्रिय मापदण्डअनुसार औषधि उत्पादन गर्न सक्षम बनाएको छ। यसैका आधारमा कम्पनीले विश्व स्वास्थ्य संगठनबाट जीएमपी प्रमाणपत्र पनि प्राप्त गरिसकेको छ। यो उपलब्धिले अकोर्डलाई चिकित्सक र बिरामीबीच थप विश्वासिलो बनाएको छ।

हाल अकोर्डले १३ उपचारका १ सय ४ भन्दा बढी उत्पादन उपलब्ध गराइरहेको छ। यसमा रक्तचाप नियन्त्रण, मधुमेह उपचार, एलर्जी नियन्त्रण, दुखाइ व्यवस्थापन, छालासम्बन्धी मलहम तथा क्रिम, पाचनसम्बन्धी औषधि, खोकी, स्नायु सम्बन्धी औषधि, संक्रमण विरोधी औषधि, भिटामिन तथा खनिजजस्ता उत्पादनहरू रहेका छन्। यीमध्ये धेरै औषधि चिकित्सकहरूले नियमित रूपमा प्रयोग गर्ने प्रिस्क्रिप्सन सूचीमा पर्न सफल भएका छन्।

अकोर्ड जस्ता कम्पनीहरूले आयातमा निर्भरता घटाउँदै नेपाललाई औषधि आत्मनिर्भर बनाउने यात्रामा योगदान दिएका छन्। कम्पनी ग्रामीण क्षेत्रमा पनि औषधिको सहज आपूर्ति सुनिश्चित गर्न सक्रिय छ।

सरकारको स्वदेशी औषधि उत्पादनलाई प्राथमिकता दिने नीति र खरिद प्रक्रियाले अकोर्डलाई बढ्न थप सहज बनाएको छ। मधुमेह र उच्च रक्तचापजस्ता दीर्घरोगहरूको बढ्दो मागले पनि कम्पनीलाई प्रत्यक्ष लाभ पुर्‍याइरहेको छ। आगामी वर्ष कम्पनीले नयाँ उपचार क्षेत्रमा प्रवेश गर्ने योजना अघि सारेको छ भने चालू आर्थिक वर्षमै रु। ६० करोडभन्दा बढी कारोबार गर्ने लक्ष्य राखिएको छ। निकट भविष्यमा कम्पनीले विदेशी बजारमा सेवा विस्तार गर्ने रणनीति पनि सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्