Logo

हिम पर्वत हाईड्रोपावरले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने, सीबीआइएल क्यापिटलसँग सम्झौता

हिम पर्वत हाईड्रोपावरले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने, सीबीआइएल क्यापिटलसँग सम्झौता



काठमाडौं । हिम पर्वत हाइड्रोवापर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिकत सेयर (आइपीओ) जारी गर्ने भएको छ । बुधबार एक समारोहकाबीच हिम पर्वत हाईड्रोपावर लिमिटेड र सीबीआइएल क्यापिटलबीच आइपीओ निश्काषनसम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौतामा हिम पर्वत हाईड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सिबिआईएल क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सीबीआइएल क्यापिटल लिमिटेडले हिम पर्वत हाईड्रोपावर लिमिटेडको १४ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीय तथा २८ लाख कित्ता सेयर सर्वसाधारण गरी जम्मा ४२ लाख कित्ता साधारण सेयर निष्काशन गर्नेछ ।

हिम पर्वत हाईड्रोपावर लिमिटेडले दोलखा जिल्लामा २०.०० मे.वा.को साँगु खोला जलविद्युत आयोजना र ५.५० मे.वा.को सागँु खोला—१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मे.वा.को जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This