Logo

सेयर बजार फेरि ओरालो बाटोमा, दोहोरो अंकले बजार घट्दा २ अर्ब ७३ करोडको कारोबार

सेयर बजार फेरि ओरालो बाटोमा, दोहोरो अंकले बजार घट्दा २ अर्ब ७३ करोडको कारोबार



काठमाडौं । सोमबार एकाएक दोहोरो अंकले बढेको बजारले मंगलबार निरन्तरता पाउन सकेन । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २४.८३ अंकले घट्दै २०४१ को विन्दुमा पुगेर रोकिएको हो ।

बजारमा सबैजसो उपसमुहको परिसुचकहरु उच्च अंकले घट्दा समग्र बजार परिसुचक नै ओरालो लागेको हो । जसमध्ये सबैभन्दा बढी गिरावट निर्जीवन बीमा र विकास बैंक समुहको परिसुचकमा देखिन्छ ।

आज निर्जिवन बीमा र विकास बैंक समुहको परिसुचकमा क्रमशः १४२ र १०१ अंकको गिरावट आउँदा उत्पादनमुलक समुहको परिसुचक ९८ र जीवन बीमा समुहको परिसुचक ८६ अंकले घटेको छ ।

यस्तै आज जलविद्युत समुहको परिसुचक ७९, लघुवित्त समुहको परिसुचक ५९ र व्यापार समुहको परिसुचक ३८ अंकले घटेको छ । सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा मंगलबार ३ अंकको गिरावट देखिन्छ ।

आज दिनभर २ सय २१ कम्पनीका ६४ लाख ६ हजार ७ सय ३८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL