Logo

नेप्से उच्च अंकले घट्दा कारोबार रकममा पनि गिरावट, बजारमा देखियो सेलिङ प्रेसर

नेप्से उच्च अंकले घट्दा कारोबार रकममा पनि गिरावट, बजारमा देखियो सेलिङ प्रेसर



काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक ४५.४२ अंकले घटेको छ । मंगलबार कारोबार समयको सुरुवात देखि नै ओरालो बाटो तय गरेको नेप्से अन्तिममा उच्च अंकको गिरावटसहित २ हजार ६० को विन्दुमा पुगेर रोकिएको हो ।

आज बजारमा कारोबार भएका सबै समुहको परिसुचक ओरालो लागेको छ । जसमध्ये सबैभन्दा बढी लघुवित्त, विकास बैंक, निर्जीवन बीमा र जीवन बीमा समुहको परिसुचक क्रमशः १२५, १२३ र ११५ अंकले घटेका छन् । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा मंगलबार १८ अंकको गिरावट आएको छ ।

आज दिनभर २ सय २२ कम्पनीका ६६ लाख ४६ हजार ३६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

आज बजार उच्च अंकले घटेपनि हिमालयन हाईड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने अन्य २३ कम्पनीको सेयरमूल्य उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL