Logo

नेप्से घट्दा कारोबार रकममा पनि गिरावट, ११२ कम्पनीका लगानीकर्ताले गुमाए

नेप्से घट्दा कारोबार रकममा पनि गिरावट, ११२ कम्पनीका लगानीकर्ताले गुमाए



काठमाडौं । पछिल्लो समय लगातार उकालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक मंगलबार घटेको छ । कारोबार समयको सुरुवातिदेखि घटबढ भईरहेको परिसुचक अन्त्यमा २.८१ अंकले घट्दै २१ सय ९३ को विन्दुमा पुगेको हो ।

laxmi

आज बजारमा कारोबार भएकामध्ये ७ समुहको परिसुचक उकालो लागेपनि अन्य ७ समुहको परिसुचकमा गिरावट आएको छ । आज उकालो लाग्ने समुहमा व्यापार, जलविद्युत, फाईनान्स र लघुवित्त छन् । यी समुहको परिसुचकमा आज क्रमशः ३७, २८, २३, ४१ अंकको वृद्धि देखिएको हो ।

यस्तै आज उत्पादनमुलक र म्युचुअल फण्ड समुहको परिसुचकमा झिनो गिरावट आएको छ । आज जीवन बीमा, होटल तथा पर्यटन्, निर्जीवन बीमा विकास बैंक, अतिरिक्त, बैंकिङलगायतका परिसुचकमा गिरावट आएको छ । बजारमा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा मंगलबार ६ अंकको गिरावट आउँदा जीवन बीमा समुहको परिसुचकमा सबैभन्दा बढी ६४ अंकको गिरावट आएको छ ।

आज दिनभर २ सय १७ कम्पनीको ७८ लाख १३ हजार १ सय २ कित्ता सेयर किनबेच हँुँदा कारोबार रकम ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार रुपैयाँ पुगेको छ । आज विन्ध्यावासिनी हाईड्रोपावर, सामलिंग जलविद्युत र हिमाल दोलखा जलविद्युत कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज दिनभरको कारोबारमा ९५ कम्पनीको सेयरमूल्य बढ्दा १ सय १२ कम्पनीका सेयर लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL