Logo

५९ अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब माथि

५९ अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब माथि



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५९ दशमलव ४९ अंकले उकालो लागेको छ । कारोबार समयदेखि नै उकालो यात्रा तय गरेको परिसुचक अन्तिममा उच्च अंकले बढ्दै १९ सय ८६ को विन्दुमा पुगेर रोकिएको हो ।

laxmi

आज समुहगत परिसुचकहरु सबै उकालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी वृद्धि वित्त र विकास बैंक समुहको परिसुचकमा देखिन्छ । आज वित्त समुहको परिसुचक ६.९६ प्रतिशतले उकालो लाग्दा विकास बैंक समुहको परिसुचक ६.२३ प्रतिशतले बढेको छ । यस्तै व्यापार समुहको परिसुचकमा बुधबार ५.३९ प्रतिशतको वृद्धि देखिँदा अतिरिक्त र जलविद्युत समुहको परिसुचकमा समान ४ अंकको वृद्धि देखिएको छ ।

बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक भने बुधबार १.८९ प्रतिशतले बढेको छ ।
बुधबार २ सय २५ कम्पनीका ५७ लाख ८७ हजार १ सय २६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँ पुगेको छ ।

आज नेपाल फाईनान्स, रिलायन्स फाईनान्स र सीइडीबी जलविद्युत विकास कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा एभरेष्ट बैंकको सेयरमूल्यमा भने करिव १० प्रतिशतको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL