Logo

नेप्से ४१ अंकले बढ्दा १ अर्ब ४३ करोडको कारोबार, २ कम्पनीको सेयरमूल्यमा सर्किट

नेप्से ४१ अंकले बढ्दा १ अर्ब ४३ करोडको कारोबार, २ कम्पनीको सेयरमूल्यमा सर्किट



काठमाडौं । बुधबार नेपाली सेयरबजारमा पुनः हरियाली फर्किएको छ । गत आईतबार उच्च अंकले बढेको सेयर बजार परिसुचक नेप्से त्यसपछिका २ दिन घटेको थियो । पुनः बुधबार भने ४१.३९ अंकले उकालो लाग्दै १९ सय ६२ को विन्दुमा पुगेको हो ।

laxmi

आज बजारमा कारोबार भएका सबै समुहको परिसुचक उकालो लागेका छन् । जसमध्ये निर्जीवन र जीवन बीमा समुहको परिसुचक उच्च अंकले बढेका छन् । जसमा निर्जीवन बीमा समुहको परिसुचक १९४ अंकले बढ्दा जीवन बीमा समुहको परिसुचक १२३ अंकले उकालो लागेको छ । यस्तै आज उत्पादनमुलक र विकास बैंक समुहको परिसुचकमा क्रमशः १३१ र १४१ अंकको वृद्धि देखिन्छ ।

बजारमा सबैभन्दा बढी वर्चश्व रहेको बैंकिङ समुहको परिसुचक बुधबार १० अंकले बढेको छ । यसरी आज आँधिखोला लघुवित्त वित्तीय संस्था र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज दिनभर २ सय २८ कम्पनीका ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ४३ करोड १४ लाख रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL