Logo

पुनः ओरालो लाग्यो सेयर बजार, परिसुचक ३१ अंकले घट्दा कारोबार ८४ करोडमै सिमित

पुनः ओरालो लाग्यो सेयर बजार, परिसुचक ३१ अंकले घट्दा कारोबार ८४ करोडमै सिमित



काठमाडौं । मंगलबार एकाएक उच्च अंकले उकालो लागेको सेयर बजार पुनः बुधबार घटेको छ । बिहानैदेखि ओराला यात्रा तय गरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक कारोबारका अन्तिम समयमा ३१.२१ अंकले घटेर बन्द भएको हो । मंगलबार १९ सयको विन्दु पार गरिसकेको सेयर आज पुनः झरेर १८९३ को विन्दुमा पुगेको छ ।

आज कारोबार समय भर २ सय २९ कम्पनीका ३० लाख ३४ हजार ४ सय ८३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने जम्मा ८४ करोड ३७ लाख ७३ हजार रुपैयाँमा सिमित भएको छ ।

समग्र बजार घट्दा पनि आज ग्लोबल आईएमई समुन्नत स्किम र आँधीखोला लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज बजारमा कारोबार भएका सबै समुहको परिसुचक ओरालो लागेका छन् । जसमध्य सबैभन्दा बढी गिरावट निर्जीवन र जीवन बीमा समुहको परिसुचकमा देखिन्छ । आज निर्जीवन बीमा समुहको परिसुचकमा १५५ अंकको गिरावट आउँदा जीवन बीमा समुहको परिसुचकमा १३२ अंकको गिरावट देखिन्छ । यस्तै बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा भने आज १६ अंकको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL