Logo

बिन्ध्याबासिनी हाईड्रोपावरको आईपीओ बाँडफाँट, ५५ हजार बढी हातखाली

बिन्ध्याबासिनी हाईड्रोपावरको आईपीओ बाँडफाँट, ५५ हजार बढी हातखाली



काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको विक्री प्रबन्धक सानिमा क्यापिटलले आफ्नै कार्यालय नक्साल काठमाडौंमा शुक्रबार दिउँसो आईपीओ बाँडफाँट गरेको हो ।

laxmi

आज बाँडफाँट भएको आईपीओ १ लाख ३६ हजार ५ सय जना लगानीकर्ताहरूले १०÷१० कित्ता सेयर हात पारेका छन् भने १६ लाख ५५ हजार ३ सय ९५ आवेदकको हात खाली भएको छ । आईपीओ गोला प्रथाबाट बाडफाँट भएको थियो ।

कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार कम्पनीको आईपीओ खरीदका लागि १८ लाख ४५ हजार ६७ जना आवेदकहरूबाट २ करोड १९ लाख ३५ हजार १० कित्ता शेयर खरीदको लागि आवेदन परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL