Logo

नेप्से १२ अंकले बढ्दा कारोबार मुल्यमा देखिएन सुधार, ३ कम्पनीको सेयरमा पोजेटिभ सर्किट

नेप्से १२ अंकले बढ्दा कारोबार मुल्यमा देखिएन सुधार, ३ कम्पनीको सेयरमा पोजेटिभ सर्किट



काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागिरहेको सेयर बजार बिहीबार भने १२.५७ अंकले वृद्धि भएको छ । लामो समयपछि बजार दोहोरो अंकले बढ्दा नेप्से १९७८ को विन्दुमा पुगेको छ ।

laxmi

आज २ सय २१ कम्पनीका ३५ लाख ९४ हजार ५ सय ९४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब १८ करोड ७८ लाख ४५ हजार ५ सय १९ रुपैयाँ पुगेको छ ।

आज बजारमा कारोबार भएका सबै समुहमध्ये जीवन बीमा र ईन्भेष्टमेन्ट बाहेकका सबै समुहहरु उकालो लागेका छन् । आज जीवन बीमा समुहको परिसुचक ४ अंकले ओरालो लाग्दा ईन्भेष्टमेन्ट समुहको परिसुचकमा सामान्य गिरावट आएको छ ।
आज उकालो लाग्ने समुहको पहिलो स्थानमा अतिरिक्त समुह छ ।

अतिरिक्त समुह बिहीबार ४० अंकले उकालो लाग्दा उत्पादनमुलक समुहको परिसुचकमा २५ अंकको वृद्धि देखिन्छ । आज होटल तथा पर्यटन र जलविद्युत समुहको परिसुचकमा २३ अंकको वृद्धि आउँदा वित्त समुहको परिसुचक १४ अंकले बढेको छ । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा बिहीबार ५ अंकको वृद्धि देखिन्छ ।

आज आँधिखोला लघुवित्त, रिभर फल्स पावर लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL