Logo

भोलीदेखि सुरु हुँदै ‘चेम्बर एक्स्पो २०२२’, विद्युतीय सामग्रीदेखि डेरी उत्पादनसम्मको प्रदर्शन

भोलीदेखि सुरु हुँदै ‘चेम्बर एक्स्पो २०२२’, विद्युतीय सामग्रीदेखि डेरी उत्पादनसम्मको प्रदर्शन



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आयोजना गर्न लागेको ‘चेम्बर एक्स्पो २०२२’ भोलीदेखि सुरु हुने भएको छ । चेम्बरले काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा उक्त एक्स्पो आयोजना गर्न लागेको हो ।

laxmi

पछिल्ला चार संस्करणहरूको सफलता पुर्वक आयोजना गरी सके पछि नेपाल चेम्बर अफ कमर्शले मेलाको पाँचौ संस्करणमा व्यापारिक अन्तक्र्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारिकरणमा विशेष जोड दिएको छ ।

मेलामा अन्तरराष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तरराष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने चेम्बरले जानकारी दिएको छ । चेम्बरले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सबै तयारी पुरा भईसकेको जानकारी दिएको हो ।

भोलीदेखि हुने एक्स्पोमा विद्युतीय सामग्री, फ्लोरिङ तथा फर्निसिङ, घरायशी सामग्री, लत्ताकपडा, मोबाईल तथा ग्याजेटलगायतका वस्तुहरुको प्रदर्शनीसमेत हुने छ । यस्तै डेरीसम्बन्धी उत्पादन, तयारी पोशाक, हस्तकलाका सामग्री, जुत्ताचप्पल, छालाका उत्पादन, जलविद्युत उपकरणलगायतका सामग्रीहरुसमेत प्रदर्शनीमा राखिने बताईएको छ ।

गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने छ । निकासी अभिवृद्धि गर्ने उदेश्य लिई नेपाल चेम्बर अफ कमर्शले यस प्रदर्शनी मार्फत निकासीयोग्य वस्तुको प्रवद्र्घन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमी समेत गर्ने उदेश्य राखेको छ ।

यस बर्षको एक्स्पोमा बंगलादेशलाई कन्ट्री पार्टनरको रुपमा राखिएको छ जसमा बंगलादेशका निर्यात प्रवद्र्धन ब्युरो र वाणिज्य मन्त्रालयको सहकार्यमा उद्योगी व्यवसायीहरु सहभागि हुने बताईएको छ ।

मेलामा १५० वटा स्टलहरू रहने छन् । जस्मा १०० वटा राष्ट्रिय एवं अन्तरराष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहने छ । नेपाल लगायत भारत, पाकिस्तान, बङ्गलादेश, तथा अन्य मुलुकमा उत्पादित सामग्रीहरू एक्स्पोमा रहने छन् र धमाधम स्टलहरु बुकिङ भईरहेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL