Logo

लाइसेन्सको वर्ग थपको पनि आवेदन खुल्यो, यसरी भर्न सकिन्छ फारम

लाइसेन्सको वर्ग थपको पनि आवेदन खुल्यो, यसरी भर्न सकिन्छ फारम



काठमाडौं । अब सवारीचालक अनुमति पत्रको वर्ग थपका लागि पनि अनलाइन आवेदन दिन सकिने भएको छ । यातायात व्यवस्था विभागले सोमबार राती ९ बजेदेखि लागु हुनेगरी सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि पनि आवेदन खुलाएको हो ।

यसअघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो । वर्ग थपका लागि आवेदन दिनका लागि विभागको वेबसाईट https://applydl.dotm.gov.np/मा लगईन गरी फारम भर्न सकिने विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL