Logo

अर्थमन्त्रीको आश्वासनपछि सेयरबजारको उकालो यात्रा, ६० अंकले बढ्दा १ अर्व ६४ करोडको कारोबार

अर्थमन्त्रीको आश्वासनपछि सेयरबजारको उकालो यात्रा, ६० अंकले बढ्दा १ अर्व ६४ करोडको कारोबार



काठमाडौं । बुधबार धितोपत्र बोर्डको कार्यक्रममा अर्थमन्त्रीले सेयर बजार सुधारका लागि सुझाव समिति गठन गरेको बताएसँगै बजार उकालो लागेको छ । पछिल्ला दिनमा लगातार ओरालो लागेर २ हजारको विन्दुमा पुगेको सेयरबजार बुधबार एकाएक ६०.२२ अंकले उकालो लागेको हो ।

laxmi

धितोपत्र बोर्डको ३० औं बार्षिकोत्सव समारोहमा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बजारमा पछिल्लो समय देखिएका समस्या समाधानको सुझावका लागि ४ सदस्यीय समिति गठन गरेको बताएका हुन् । सोही भनाईका कारण लगानीकर्ता उत्साहित भई बजार पुनः उकालो लागेको सम्वद्ध लगानीकर्ताहरु बताउँछन् । आज बजार बढ्दा कारोबार रकम पनि १ अर्ब ६४ करोड ३ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

आज कारोबार भएका सबै समुहको परिसुचकहरु उकालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी वृद्धि भने बीमा समुहको देखिन्छ । बुधबार निर्जीवन बीमा समुहको परिसुचक ३२० अंकले उकालो लाग्दा जीवन बीमा समुहको परिसुचक २९३ अंकले उकालो लागेको छ ।

यस्तै आज उत्पादनमुलक समुहको परिसुचकमा १५४ अंकको वृद्धि हुँदा विकास बैंक समुहको परिसुचकमा ११६ अंकको वृद्धि देखिन्छ । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक २९ अंकले बढ्दा जलविद्युत समुहको परिसुचक ८४ अंकले बढेको छ ।

आज सामुदायिक लघुवित्त, उपकार लघुवित्त बलेफी हाईड्रोपावरलगायत ६ कम्पनीको सेयरमूल्य ९ प्रतिशत बढीले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL