Logo

एक सातामै १४५ अंकले घट्यो नेप्से, सेलिङ प्रेसरमा लगानीकर्ता

एक सातामै १४५ अंकले घट्यो नेप्से, सेलिङ प्रेसरमा लगानीकर्ता



काठमाडौं । लामोसमयदेखि लगातार ओरालो लागेको नेप्से परिसुचक यो हप्ता १४५ अंकले घट्न पुगेको छ । अर्थमन्त्री जनार्दन शमाले आर्थिक वर्ष २०७९/८० को लागि बजेट प्रस्तुत गरेको भोलिपल्ट देखि झनै उच्च अंकले घट्न सुरु गरेको नेप्से परिसुचक यो हप्ता उच्च अंकले घट्न पुग्यो ।

laxmi

लगातार बजार ओरालो लाग्दा बजेटले पुँजीगत लाभकर घटाउनुका साथै आयकर ऐन २०५८ मा संशोधन गर्दै सेयर कारोबारमा लाग्दै आएको करका विषयमा स्पष्ट पार्ने अपेक्षा लगानीकर्ताले गरेका थिए । तर बजेटले कुनै ठोस कार्यक्रम नल्याई बजार सुधारमा परिकल्पना मात्रै गरेको भन्दै लगानीकर्ता झन पेनिक हुन पुगेका छन् ।

पछिल्लो समय लगानीकर्ताको पोर्टफोलियो ५० प्रतिशतभन्दा बढीले घट्दा बैंकबाट आएको मार्जिन कलको दबाब तथा दैनिक रुपमा बजार घट्दा लगानीकर्ताले सेयर बिक्रीको चाप बढाएका सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

सोही अनुरुप साताको अन्तिम दिन नेप्से परिसुचक ३३.७६ अंकले घट्दै समग्र नेप्से परिसुचक २ हजार ७८ विन्दुमा झरेर अडिएको छ । घट्दो बजारमा सबै उपसमुहहरुमा उच्च गिरावट आएको छ । जसमा शुक्रबार सबैभन्दा बढी व्यापार र जीवन बीमा समुहको परिसुचकमा उच्च गिरावट आएको छ । यसैगरी बैंकिङ, निर्जीवन बीमा, लगानीलगायतका समुहका पनि करिव २ प्रतिशतको गिरावट आएको छ ।

घट्दो बजारमा कारोबार रकममा पनि सुधार आउन सकेको छैन । पछिल्लो समय बजारमा खरिदकर्ता नहुँदा कारोबार रकम बढ्न नसकेको सम्बद्ध लगानीकर्ताहरुनै बताउँछन् । सोही अनुरुप शुक्रबार पनि १ अर्ब ३० करोड रुपैयाँको मात्रै सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL