Logo

एनआईसी एशियाको डीसीईओमा सन्तोष राठी नियुक्त, बैंकिङ क्षेत्रमा २० बर्षे अनुभव

एनआईसी एशियाको डीसीईओमा सन्तोष राठी नियुक्त, बैंकिङ क्षेत्रमा २० बर्षे अनुभव



काठमाडौं । एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सन्तोष कुमार राठी नियुक्त भएका छन् । बैंक संचालक समितिको आईतबार बसेको बैंठकले राठीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

laxmi

यस अघि बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका राठीले २०७९ श्रावण १ देखि लागू हुनेगरी नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने छन् । २०६४ मंसिर १९ देखि तत्कालीन बैैंक अफ एशिया नेपाल लिमिटेडको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट सो बैंकमा प्रवेश गरेका राठीले बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गरेका राठीको उच्च मुल्यांकन गर्दै डीसीईओमा नियुक्त गरेको बैंकले जानकारी दिएको छ । नेपालको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको राठीले वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL