Logo

पेन्टको कच्चा पदार्थमा पनि तयारी वस्तु सरहको भन्सार शुल्क, आयातमा कर घटाउन आग्रह

पेन्टको कच्चा पदार्थमा पनि तयारी वस्तु सरहको भन्सार शुल्क, आयातमा कर घटाउन आग्रह



काठमाडौं । पेन्ट उद्योगीहरुले आयातित कच्चा पदार्थमा भन्सार शुल्क बढी भएको गुनासो गरेका छन् । बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै उद्योगीहरुले पेन्टको कच्चा पदार्थलाई पनि तयारी वस्तुसरह भन्सार शुल्क लिने गरेको बताउँदै यस्तो व्यवस्था हटाउन सरकारसमक्ष माग गरेका हुन् । उनीहरुका अनुसार हाल सरकारले पेन्टको कच्चा पदार्थलाई पनि तयारी पेन्टकै हार्माेनी कोडमा राखेर कर असुलीरहेको बताएका छन् ।

laxmi

राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा पेन्ट विलासीताको वस्तु नभई अत्यावस्यक वस्तु भएको पेन्ट उद्योग संघले जानकारी दिएको छ । हाल नेपालको बैंकिङ क्षेत्रमा देखिएको तरलता संकट तथा विदेशी मुद्रा संचीतिमा आएको ह्रासलाई मध्यनजर गरि आउँदा दिनहरुमा तयारी पेन्टको आयातमा सरकारले काउण्टरभेलिङ शुल्क लगाउन सक्ने सम्भावनाको आँकलन गर्दै संघले उक्त सम्मेलन आयोजना गरेको हो ।पानीमा आधारीत पेन्ट तयार गर्न आवश्यक कच्चा पदार्थ एक्रिलिन पोलिमरको आयातमा सरकारले तोकेको कर बजारमुखी नरहेको संघको बुझाई छ ।

संघले इमल्सनको एचएसएन कोड ३९०६ अन्तरर्गत वर्गिकरण गरिएको वाटर वेस्ड पेन्टहरुका लागि कच्चा पदार्थ भए पनि २०७६/०३/०८ मा भन्सार विभागले जारी गरेको पत्रअन्तर्गत एक्रिलिन पोलिमर लाई फिनिस्ड गुड, पेन्ट एण्ड भार्निसका लागि तोकिएको कोड ३२०९ अन्तर्गत वर्गिकरण गर्न निर्देशन दिईएकाले पेन्ट ब्यावसायी समस्यामा परेको जानकारी दिएको छ ।एचएसएन ३९०६ अन्तर्गत आयातमा १० प्रतिशत मात्र तिर्नुपर्ने र साफ्टा सुविधापनि पाईने भएता पनि ३९०९ कोड अन्तर्गत भन्सार मुल्यांकन गर्दा ३० प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने र साफ्टामा पनि तयारी उत्पादनका लागि केही प्रावधान नरहेको संघले जनाएको छ ।

मन्त्रिपरिषदले ३२०९ कोड अन्तर्गत भित्रिने इमल्सनको भन्सार २० प्रतिशतमा झारे पनि पेन्टका लागि आवस्यक पर्ने प्रमुख पदार्थमा भने भन्सार शुल्क प्रभावकारी रुपमा १० देखि २० प्रतिशत मा पुर्याएको उद्योगीको भनाई छ । उद्योगीले छिमेकी मुलुकहरु श्रीलंका, बंगलादेश, भारतले एक्रिलिन पोलिमरमा शुन्य देखि १० प्रतिशत मात्र भन्सार शुल्क कायम गरिएको दाबि गरेका छन ।

यस्तै सरकारले ३० प्रतिशतसम्म भन्सार, ७ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याट लगाउँदा उद्योगीलाई बाँच्न अप्ठ्यारो परेको उद्योगीहरुले बताएका छन । वार्षिक २० अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै आएको पेन्ट उद्योगको समस्यालाई सम्बोधन गर्न सरकारलाई संघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL