Logo

बिजबजारमा मातातीर्थ औँसीलाई लक्षित गज्जबको डिस्काउन्ट अफर, आमालाई गिफ्ट किन्दा ५० प्रतिशत छुट

बिजबजारमा मातातीर्थ औँसीलाई लक्षित गज्जबको डिस्काउन्ट अफर, आमालाई गिफ्ट किन्दा ५० प्रतिशत छुट



काठमाडौं । बिजबजार अनलाइन सपिङ एपले मातातिर्थ औँसीलाई लक्षित गरी गज्जबको डिस्काउन्ट अफर सार्वजनिक गरेको । कम्पनीले नेपालका साना तथा मझौला उद्यमहरू एसएमईज लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउँदै आएको छ । सोही अनुसार आमाको मुख हेर्ने दिनलाई लक्षित गरी विभिन्न वस्तुहरुको खरिदमा विशेष छुट दिनेगरी अफर सार्वजनिक गरेको हो ।

laxmi

आफ्ना सन्तानहरूको हरेक उपलब्धिमा गर्व गर्ने, साथ दिने अनि स–साना खुसीहरूको ख्याल राख्ने आमाहरूको सम्मान स्वरूप मनाइने यस शुभ दिनको अवसरमा बिजबजारले आमाहरूका लागि उपहार किन्दा भारी छुट उपलब्ध गराउने पुनीत मनसायले उक्त अफर ल्याएको हो।

व्यस्तता तथा अन्य विभिन्न कारणले सो महत्त्वपूर्ण दिनमा आफ्नी आमालाई मायाका साथ उपहार प्रदान गर्न असमर्थ देश तथा विदेशमा बस्ने सेवाग्राहीहरूले बिजबजार मार्फत आफूले चाहेको ठेगानामा डेलिभरी समेत गराउन सक्नेछन् साथै २०७९ वैशाख ३१ सम्म सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट समेत पाउने छन् ।

यो अवसरमा बिजबजारबाट विभिन्न आकर्षक उपहारहरू खरिद गर्दा मूल्यमा गज्जबको अफर प्राप्त गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
MBL