Logo

एलपी सावाँको अध्यक्षतामा राष्ट्रिय उद्योग व्यवसाय महासंघमा २५५ सदस्य कार्यसमिति निर्वाचित, १६ बुँदे घोषणापत्र जारी

एलपी सावाँको अध्यक्षतामा राष्ट्रिय उद्योग व्यवसाय महासंघमा २५५ सदस्य कार्यसमिति निर्वाचित, १६ बुँदे घोषणापत्र जारी



काठमाडौं । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको अध्यक्षमा एलपी सावाँ लिम्बु निर्वाचित भएका छन् । महासंघको काठमाडौंमा जारी दोस्रो महाधिवेशनले लिम्बुलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।नेकपा एमाले समर्थित उद्योगी व्यवसायीहरुको देशभरबाट उपस्थित १ हजारभन्दा बढि प्रतिनिधिले लिम्बुको अध्यक्षतामा सर्वसम्मत रुपमा १७ पदाधिकारी सहित २५५ सदस्यीय केन्द्रिय कमिटि चयन गरेको हो । जसमा ६ जना उपाध्यक्षहरु, १ जना महासचिव, २ जना उपमहासचिव, ५ जना सचिव र १ जना कोषाध्यक्ष चयन गरेको हो ।

laxmi

उपाध्यक्षहरुमा रामबहादुर गुरुङ, डेकनाथ गौतम, डिबी बस्नेत, सिएन पाण्डे, बालकृष्ण शिवाकोटी, सुर्यबहादुर थापा र डा. तिलचन्द्र भट्टराई चयन भएका छन भने महासचिवमा भगिरथ सापकोटा, उपमहासचिवहरुमा सुवर्ण श्रेष्ठ र मिनबहादुर तामाङ तथा सचिवहरुमा रघु पुरी, केदारवहादुर बस्नेत, मोति ज्ञवाली, बलराम भट्टराई र खड्गबहादुर खत्री रहेको छन् । यसैगरी कोषाध्यक्षमा मोहन डाँगी निर्वाचित भएका हुन् । यसैगरी उक्त महाधिवेशनले लेखा समिति संयोजकमा डिमप्रकाश पौडेल, निर्वाचन आयोगको संयोजकमा निरज राई र अनुशासन आयोगको संयोजक समेत चयन गरेको छ ।

यसैगरी उक्त महाधिवेशनले १६ बुँदे काठमाडौं घोषणापत्र समेत जारी गरेको छ । विश्व्यापी महामारीका कारण थलिएको अर्थतन्त्रलाई राहत प्रदानगरि उकास्ने काममा सरकारको उदासिनता भएको भन्दै खेद प्रकट गरेको छ । साथै महामारीका कारण अति प्रभावित पर्यटन व्यवसाय, निर्माण, यातायात लगायत उद्योग व्यवसाय क्षेत्रका निमित्त प्रवाह गरिएको ऋण पुनःसंरचना गरि ५ वर्षको लागि सहुलियत पुर्नकर्जा प्रदान गर्न समेत माग गरेको छ ।

साथै अर्थतन्त्र धरासायी हुन लागेको अवस्थामा वर्तमान सरकार भ्रष्टाचारमा व्याप्त हुनुका साथै अनियमितता ढिलासुस्ती र दण्डहिनतामा लागेको भन्दै त्यसको अन्त्यको लागि माग गरेको छ ।

औद्योगिक कच्चापदार्थ लगायत दैनिक उपभोग्य सामानहरु दिन दुइगुना रात चौगुनाको दरले महंगीका कारण सामान्य जनजीवनमा समस्या पर्न गएको र त्यस्ता समस्या समाधान गर्न सरकार गैर जिम्मेवार भएको आरोप लगाएको छ । साथै पूँजीगत खर्च हुन नसकेका कारण तरलता अभाव भएको भन्दै तत्काल सम्बोधन गर्न माग गरेको छ । पछिल्लो समय उद्योग व्यवसाय स्थापना र संचालन गर्न उद्योगी व्यवसायीले प्रशासनिक सास्ती खेप्नु परेको भन्दै व्यवसायी माथि देखिएको नैराश्यता अन्त्यगरी एकद्वार प्रणाली लागू गर्न माग गरेको छ ।

साथै हालै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला दुईपक्षिय आर्थिक क्षेत्रका समस्या समाधान गर्न तर्फ ध्यान नदिई राष्ट्रियता र स्वाभिमानमा आँच आउने काम गरेको भन्दै खेद प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL