Logo

साताको पहिलो दिनै नप्से ३ अंकले घट्यो

साताको पहिलो दिनै नप्से ३ अंकले घट्यो


रामराजा श्रेष्ठ
0
Shares

बिखजबर संवाददाता

२१ मंसिर, काठमाडौं । साताको पहिलो दिन आइतबार पनि नेप्से परिसुचक ओरालो लागेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से अन्ततः २ दशमलव ८८ अंकले घटेको छ । साताको अन्तिम दिन ८ सय ५३ दशमलव ८४ विन्दुमा आएर अडिएको नेप्से आइबार झरेर ८ सय ५० दशमलव ९८ विन्दुमा आइपुगेको छ ।

आइतबार बजारमा सवैभन्दा बढी होटल समुहको परिसुचक १० दशमलव ७० अंकले घटेको छ । यसैगरी बैंकिङ समुहको पनि ४ दशमलव ३३ अंकले घटेको छ । यसैगरी यसअघि ओरालो लागेको जलविद्युत् समुहपनि ८ दशमलव ७२ अंकले बढेको छ भने बीमा समुह पनि सामान्य मात्र घटेको छ । बजारमा डेभलपमेन्ट बैक र उत्पादनमुलक समुहको परिसुचक पनि घटेको छ ।

आइतबार बजारमा कुल १५ करोड ९७ लाख रुपैयाँको ४ लाख २६ हजार कित्ता सेयर कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL