Logo

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम सवा २ अर्वमै सिमित

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम सवा २ अर्वमै सिमित



काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १ दशमलव ९३ अंकले घटेको छ । बिहानैदेखि उकालो ओरालो गरिरहेको परिसुचक अन्तिम समयमा १ दशमलव ९३ अंकले घट्दै २७ सय ३२ को विन्दुमा पुगेर रोकिएको हो ।

laxmi

बजारमा कारोबार भएका १३ समुहमध्ये आज ५ समुहको परिसुचकमा वृद्धि देखिँदा अन्य सबै समुहको परिसुचक ओरालो लागेको हो । आज वृद्धि भएका समुहमध्ये सबैभन्दा बढि व्यापार समुहको परिसुचक उकालो लागेको हो । बिहीबार व्यापार समुहको परिसुचक १२.३३ अंकले बढ्दा अतिरिक्त समुहको परिसुचक ५ अंकले बढेको छ । यस्तै आज जलविद्युत समुहको परिसुचकमा २ अंकको वृद्धि देखिँदा उत्पादनमुलक र म्युचुअल फण्ड समुहको परिसुचकमा सामान्य वृद्धि देखिन्छ ।

आज घट्ने समुहमध्ये सबैभन्दा बढि गिरावट जीवन बीमा समुहको परिसुचकमा देखिन्छ । उक्त समुहको परिसुचकमा आज ६३ अंकको गिरावट आउँदा विकास बैंक समुहको परिसुचक भने २० अंकले घटेको छ । यस्तै आज वित्त समुहको परिसुचक १० अंकले घट्दा होटल तथा पर्यटन समुहको परिसुचकमा ९ अंकको गिरावट आएको छ । बजारमा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा आज ०.०७ अंकको गिरावट आउको छ ।

आज कुल २ सय २७ कम्पनीका ४० लाख १७ हजार ४२९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब २७ करोड ८१ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL