Logo

एकदिन पनि टिकेन नेप्सेको वृद्धि, कारोबार ३ अर्बमै सिमित

एकदिन पनि टिकेन नेप्सेको वृद्धि, कारोबार ३ अर्बमै सिमित



काठमाडौं । बुधबार बजार पुनः ओरालो लागेको छ । धेरै दिनको घटाईपछि मंगलबार सुधारिएको बजार बुधबार भने पुनः १९ दशमलव ८४ अंकले घटेको हो ।

laxmi

आज बजार दोहोरो अंकले घट्दा नेप्से २७ सय ३४ को विन्दुमा पुगेर रोकिएको छ । बुधबार बजारमा जीवन बीमा र अतिरिक्त समुहबाहेकका सबै समुहको परिसुचक ओरालो लागेको छ । यी दुई समुहको परिसुचक क्रमशः २० र १० अंकले बढ्दा सबैभन्दा बढि निर्जिवन बीमा समुहको परिसुचकमा १०६ अंकको गिरावट आएको छ ।

आज माइक्रोफाईनान्स समुहको परिसुचक ४० अंकले घट्दा विकास बैंक सुमहको परिसुचकमा ८८ अंकको गिरावट आएको छ । यस्तै बुधबार जलविद्युत समुहको परिसुचकमा ७२ अंकको गिरावट आउँदा उत्पादनमुलक समुहको परिसुचकमा भने ९४ अंकको गिरावट आएको देखिन्छ । बजारमा सबैभन्दा बढि प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा बुधबार ५ अंकको गिरावट आएको छ ।

बिहानैदेखि घटबढ भईरहेको बजारमा दिनभर २ सय ३१ कम्पनीको ५६ लाख ५२ हजार १ सय ८२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब २ करोड ६३ लाख ३० हजार पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL