Logo

सबै परिसुचक घट्दा नेप्सेमा दोहोरो अंकको गिरावट, खरिदचाप देखिँदा पनि कारोबार साढे ३ अर्बमै सिमित

सबै परिसुचक घट्दा नेप्सेमा दोहोरो अंकको गिरावट, खरिदचाप देखिँदा पनि कारोबार साढे ३ अर्बमै सिमित



काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागिरहेको सेयर बजारले आज पनि निरन्तरता पाएको छ । मंगलबार १६ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा बुधबार २२ दशमलव ११ अंकको गिरावट आएको छ । बजारमा कारोबार भएका सबै समुहका परिसुचक ओरालो लाग्दा नेप्से विन्दु २८ सय १३ अंकमा पुगेर रोकिएको छ ।

laxmi

आज सबैभन्दा बढि बीमा समुहको परिसुचकमा गिरावट आएको देखिन्छ । बुधबार जीवन बीमा समुहको परिसुचकमा १ सय ५४ अंकको गिरावट आउँदा निर्जीवन बीमा समुहको परिसुचक १ सय ९८ अंकले घटेको छ । यस्तै आज माइक्रोफाइनान्स समुहको परिसुचकमा ५० अंकको गिरावट आउँदा विकास बैंक समुहको परिसुचकमा ४६ अंकको गिरावट आएको छ ।

आज बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा १२ अंकको गिरावट आएको छ । बुधबार बजारमा सेयर खरिद माग उच्च भएपनि कारोबार रकम भने बढ्न सकेन । धेरैजसो कम्पनीको बिक्रीको तुनामा खरिदचाप दोब्बरभन्दा बढी देखिएपनि लगानीकर्ताले समस्तो मुल्यमा सेयर बिक्री गर्न नचाहदा बजारमा कारोबार रकममा गिरावट आएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

सोही अनुरु आज बजारमा कुल २ सय २३ कम्पनीका ६५ लाख २० हजार कित्ता सेयर मात्र किनबेच भए । जसबाट कुल ३ अर्ब ४७ करोड ११ लाख रुपैयाँको मात्र कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL