Logo

जुत्ताचप्पलको बिजसेल मेला आज सकिँदै, ग्राहकलाई विशेष छुट र उपहार दिइने

जुत्ताचप्पलको बिजसेल मेला आज सकिँदै, ग्राहकलाई विशेष छुट र उपहार दिइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली जुत्ता घरको आयोजनामा भृकुटीमण्डपमा भईरहेको पाचौं बिगसेल मेला एवं फुटवयेर एक्स्पो आज सकिने भएको छ । लामो समयदेखि चलेको उक्त मेला आज राती अवेरसम्म चल्ने नेपाली जुत्ताघरका अध्यक्ष एवं शिखर सुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाइले जानकारी दिए । ‘आज मेलाको अन्तिम दिन भएकाले ग्राहकलाई विशेष छुट सहित उपहारको व्यवस्था गरेका छौं,’ उनले भने, ‘नेपाली जुत्ता तथा चप्पल लगाउने ग्राहकका लागि यो सुनौलो अवसर हो ।’

हालसम्म मेलामा सवाँ लाखभन्दा बढी ग्राहकले अवलोकन गरिसकेका छन् भने ४० हजार जोरभन्दा बढी जुत्ता तथा चप्पल विक्री भएको प्रसाइले जानकारी दिए । पछिल्लो २ दिनमा मात्र ४० भन्दा बढीले अवलोकन गरेका छन् । शनिवार र आईतबार दुई दिनमा मात्रै करिब १० हजार जोर जुत्ता चप्पलको बिक्रि भएको छ ।

nepali-shoe

प्रसाइका अनुसार मेलामा आम उपभोक्ताहरुको पहुँच पुग्न सक्ने मुल्य भएको हुँदा पनि उपभोक्ताहरुले जुत्ता चप्पल खरिद गरेका हुन् । विगत लामो समय देखि देशमा विद्यमान प्रतिकुल परिस्थितीको बाबजुद पनि यस मेलाले जुत्ता तथा चप्पल व्यवसायमा आशाको किरण पलाएको उनले जानकारी दिए ।

बिग सेल मेलामा बी.एफ.डियर हिल, शिखर सुज, क्रस रोड, स्काई सुज, टाकुरा सुज, कोसेली छाला जुत्ता, लेदर विङ्गस्, सु ल्याण्ड, इजी शुज र फुटल्याण्ड ब्राण्डको सहभागीता रहेको छ । बिग सेल मेलामा जाडो यामलाई लक्षित गरि ल्याइएका कम्पनीका जुत्ताहरुमा भारी छुट उपलब्ध गराइएको सहभागी कम्पनीहरुले जनाएका छन् । मेलामा रु. १ सय देखि १० हजार रुपैयाँसम्मको जुत्ता तथा चप्पलहरु राखिएको छ । यस मेलामा सहभागी कम्पनीहरुले आफ्नो उत्पादनमा १५ देखि ७५ प्रतिशत सम्म छुट दिएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL