Logo

निर्यात व्यवसायीको गुनासो : सरकारले हाम्रा कुरा सुनेन

निर्यात व्यवसायीको गुनासो : सरकारले हाम्रा कुरा सुनेन



काठमाडौं । नेपालका निर्यात व्यवसायीहरुले सरकारलाई आफ्ना कुरा नसुनेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित छैठौं निर्यात दिवस २०७८ को उद्घाटन सत्रमा बोल्दै व्यवसायीहरुले सरकारले व्यवसायीका कुराहरु सुनुवाई नै नगरेको बताएका हुन् । कार्यक्रममा बोल्दै निर्यात परिषदका अध्यक्ष हरी बहादुर कार्कीले नगद प्रोत्साहन, निर्यातयोग्य वस्तुको भन्सार प्रणालीमा सहजतालगायतका कुराहरुको सुनुवाई नगरेको बताएका हुन् ।

laxmi

यस्तै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) निर्यात परिषदका सभापति मनिसलाल प्रधानले पनि सरकारबाट केहि आश गर्न नसकिने बताए । उनले कार्यक्रममा बोल्दै हालसम्म निर्यात व्यवसायीले पाउने निर्यात अनुदानसमेत पाउन नसकिरहेको अवस्थमा सरकारबाट अन्य सेवा र सहुलियतको कुरा सोच्नै नसकिने बताएका हुन् ।

उनका अनुसार निर्यात प्रवद्र्धन, निर्यातकर्तालाई कर्जा प्रवाहमा सहुलियत लगायतका कुराहरुमा पुरा ध्यान दिन नसकिरहेको अवस्थ छ । जसका कारण नेपालको निर्यात व्यवसाय नै धरापमा पर्ने अवस्थामा पुगेको उनले बताए । कार्यक्रममा बोल्दै नेपाल फ्रेट फरवाडर्स एसोसिएसनका अध्यक्ष मनोज अधिकारीले पनि पछिल्लो समय बढ्दै गएको हवाई र सिपिङ चार्जले निम्त्याएको समस्यामा सरकारको ध्यान नपुगेको बताएका छन् । कार्यक्रममा बोल्दै उनले हाल सिपिङ कम्पनीहरुले नेपालका व्यापारीहरुलाई अमेरिका सामान निर्यात गर्नका लागि पर्याप्त स्थान नै नदिने समस्या भएको सुनाए । यसका लागि सम्बन्धित सिपिङ कम्पनीहरुसँग सरकारले प्रत्यक्ष कुरा गर्न सकिने भएपनि हालसम्म त्यस्तो नभएको उनको भनाई थियो ।

नेपाल निर्यात परिषदले हस्तकला महासंघको सहआयोजना र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा छैठौं निर्यात दिवस मनाई रहेको छ । मंगलबारदेखि बिहीबारसम्म चल्ने दिवसमा विभिन्न नेपाली उत्पादनहरुको प्रदर्शन पनि गरिएको छ । उनी, फेल्ट, हस्तकलाका सामग्री, नेपाल कपासका कपडालगायत प्रदर्शनमा राखिएको छ । बिहीबार भने परिषदको नयाँ नेतृत्व चयनसँगै दिवस सम्पन्न गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL