GBIME

निसानको नेशनलवाइड सर्भिस क्याम्प, देशभरका निसान गाडी निशुल्क मर्मत गरिदिने


बिजखबर संवाददाता
23 December, 2021 11:49 am

निसानको नेशनलवाइड सर्भिस क्याम्प, देशभरका निसान गाडी निशुल्क मर्मत गरिदिने

काठमाडौं । निसान नेपालले देशव्यापी सर्भिस क्याम्प सार्वज्निक गरेको छ । देशभरी रहेका निसानका गाडीको आवश्यक हेरचाह तथा मर्मतसम्भार प्रदान गर्न नेशनलवाइड सर्भिस क्याम्प सार्वजनिक गरेको हो ।

NLIC
LAXMI

यही २६ डिसेम्बर, २०२१ देखि २८ डिसेम्बर, २०२१ सम्म देशभरका प्रमुख सहरहरूमा आयोजना गरिने उक्त क्याम्पमा सबै ग्राहकहरूले देहाय बमोजिमका सुविधा र छुटहरू प्राप्त गर्न सक्नेछन् ।

उक्त क्याम्पमा निःशुल्क लेबर चार्ज, निःशुल्क टप वास, निःशुल्क ९० पोइन्ट चेक, २०% सम्म अन्य पार्टसमा छुटलगायतका सुविधा उपलब्ध हुनेछन् । यसतै नियमित सेवा र उपभोग्य वस्तुहरूमा १०% सम्म छुट पनि दिईने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL