Logo

नेपालमा एमजीको नयाँ एसयुभी ‘हेक्टर’ सार्वजनिक, बजारमूल्य ६० देखि ७८ लाखसम्म

नेपालमा एमजीको नयाँ एसयुभी ‘हेक्टर’ सार्वजनिक, बजारमूल्य ६० देखि ७८ लाखसम्म



काठमाडौं । नेपालमा एमजी ब्रान्डको नयाँ एसयुभी हेक्टर सार्वजनिक भएको छ। बिहीबार एमजी नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एक कार्यक्रमको आयोजना गर्दै ‘द अल न्यु हेक्टर’ सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार १४ सय ५२ सीसीको हेक्टर २ वटा अप्सनमा उपलब्ध हुनेछ। १ दशमलव ५ लिटर टर्बोचाज्ड पेट्रोल र हाईबिड इन्जिनमा उपलब्ध हुने उक्त एसयुभीले अधिकतम पावर ५ हजार आरपीएममा १ सय ४३ पीएस र २ सय ५० एनएम टर्क जेनेरेट गर्छ। अगाडि पछाडि डिस ब्रेक रहेको गाडीमा ६० लिटर फ्युल ट्यांक रहेको छ।

गाडीको लम्बाई ४६ सय ५५ एमएम, चौडाई १८ सय ३५, उचाई १७ सय ६० रहेको छ। हेक्टर २०२१ मोडलमा २६ दशमलव ४ सिएमको एचडी टचस्क्रिन सिस्टम रहेको छ।

हेक्टरको सेफ्टी फिचर्समा ३ सय ६० क्यामेरा, फ्रन्ट पार्किङ सेन्सर, एयर ब्याग, ईएसपी, टीसीएस, हिलहोल्ड कन्ट्रोल, इलेक्ट्रिक ब्रेक, रिभर्स क्यामेरा लगाएत रहेको छ।

३ वटा भेरियन्टमा उपलब्ध हेक्टर साइन भेरियन्ट एमटीको मूल्य ५९ लाख ९९ हजार र सिभीटीको ६४ लाख ९९ हजार तोकिएको छ।

यस्तै हेक्टरको स्मार्ट एमटीमा ६७ लाख ९९ हजार र सीभीटीमा ७० लाख ६० हजार रुपैयाँ रहेको छ। सार्प भेरियन्टमा एमटीको मूल्य ७३ लाख ९९ हजार र सीभीटीको मूल्य ७८ लाख २५ हजार रुपैयाँ मूल्य रहेको छ।

पारामाउन्ट मोटर्सका माहाप्रबन्धक सचिन अर्याले हेक्टर कम्फर्ट र सुरक्षित रहेको बताउँछन् । हेक्टर ८ वटा कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

पारामाउन्ट मोटर्सले २०१८ देखि नेपालमा बिक्रीवितरण शुरू गरेकोमा हाल देशका मुख्य सहरमा उपस्थिति जनाईसकेको छ ।

एसयुभीका अन्य भेरियन्टसँग तुलना गर्दा यो नेपाली सडक र ट्राफिकलाई उपयुक्त हुने दाबी गरिएको छ । भारतमा बनेको यो एसयुभी नेपालस्थित सम्पुर्ण डिलरशिपहरुमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । यो हेक्टरको नयाँ मिड–स्पेक भेरियन्ट हो जुन बजारमा उपलब्ध मिड साईज एसयुभीहरुको लो स्पेक र टप स्पेक ट्रिमहरु बीचमा छ ।

कार्यक्रममा जोन्टा क्लब अफ काठमाडौं र प्यारामाउन्ट मोटर्सबीच सहकार्यसमेत भएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले जोन्टा क्लव अफ काठमाडौंलाई १० लाख रुपैयाँ आर्थिक सहयोगसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL