Logo

आईपीओ जारी गर्दै एकर्ड फर्मास्युटिकल्स, बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त

आईपीओ जारी गर्दै एकर्ड फर्मास्युटिकल्स, बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त



काठमाडौं । एकर्ड फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । कुल ४३ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी रहेको एकर्डले सर्वसाधारणमा १० प्रतिशत सेयर जारी गर्न लागेको हो ।

laxmi

एकर्डले सेयर बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ । आज एक कार्यक्रमबीच एकर्डका अध्यक्ष विशाल पण्डित र आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारश ढकालले उक्त सम्झौतामा हस्तारक्षर गरेका हुन् ।

अबका दिनमा कम्पनीले सर्वसाधारणमा ४ करोड ८० लाख कित्ता सेयर जारी गर्ने भएको छ । प्रतिकित्ता कित्ता १ सय रुपैयाँका दरले ४ लाख ८० हजार कित्ता सेयर सर्वसाधारणमा जारी गरिने कम्पनीका अध्यक्ष विशाल पण्डितले जानकारी दिए । सेयर जारी पश्चात कम्पनीको चुक्ता पुँजी ४८ करोड रुपैयाँ पुग्नेछ ।

औषधि उत्पादनको लागि २०६४ सालमा लाईसेन्स पाएको एकर्डले इमाडोलमा उद्योग स्थापना गरी औषधि उत्पादन गर्दै आएको छ । इमाडोलमा १५ रोपनी जग्गामा रहेको सो उद्योगले अत्याधुनिक मेसिनको प्रयोगबाट औषधि उत्पादन गर्दै आएको छ ।

सो उद्योगमा पुँजी बजारमा सफल लगानीकर्ता एवं विश्लेषक प्रकाश तिवारीको पनि लगानी रहेको छ । उद्योगमा तिवारीको प्रवेशसँगै सर्वसाधारणलाई सेयर जारी प्रक्रिया अघि बढाइएको थियो । हाल आईपीओ जारीका लागि विक्री प्रबन्धक नियुक्त गरिएको अबको एक वर्ष भित्रमा सर्वसाधारणमा सेयर जारी गरिसकिने उद्योगका लगानीकर्ता तिवारीले जानकारी दिए । ‘बजारमा रियल सेक्टरका कम्पनीहरुले सर्वसाधारण सेयर जारी गर्दा पुँजी बजारको दायरा फराकिलो बनाउनुका साथै विकासमा समेत टेवा पुग्नेछ,’ उनले भने, ‘अबका दिनमा पुँजी बजारमा बढीभन्दा बढी रियल सेक्टरका कम्पनीलाई ल्याउन सरकारले प्रोत्साहनको नीति लिनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL