Logo

नाडामा करण चौधरीको प्यानल घोषणा, समेटिए चन्द्र ढकालका छोरा निशानसम्म

नाडामा करण चौधरीको प्यानल घोषणा, समेटिए चन्द्र ढकालका छोरा निशानसम्म



काठमाडौं । नाडा अटोमोबाईल एसोसीएसनको अध्यक्षका प्रत्यासी करण चौधरीले आफ्नो प्यानल घोषणा गरेका छन् । चौधरीले बुधबार एक कार्यक्रमको आयोजना गर्दै सबै अटोक्षेत्रलाई समेट्नेगरी प्यानल घोषणा गरेका हुन् ।

उनको प्यानलमा २ पांग्रे, ब्याट्री, लुब्रीकेन्ट, टायर, स्पेयर पार्ट्सलगायत क्षेत्रका प्रतिनिधिहरु समेटिएका छन् । जसमा अनुप कुमार बराल, सुरेन्द्र कुमार उप्रेती (सुरेश), विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योती, मिलनबाबु मल्ल, निलमणी पाठक (राम), पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराई तय भएका छन् ।

अध्यक्षका प्रत्यासी चौधरीले आफ्नो समुहमा अनुभव र जोशको उत्तम समिश्रण रहेको बताएका छन् । ‘हामीसँग जोशको उत्तम सम्मिश्रण छ’, उनले भने, ‘त्यसैले अनुकलता र प्रतिकुलता दुवैमा अटोमोवाइल क्षेत्रलाई सन्तुलित तरिकाले विकास गर्दै अघि बढ्न हाम्रो टिम सक्षम छ ।’

प्यानल घोषणा गर्दै चौधरीले नाडालाई कसरी अगाडी बढाउने भन्ने बिषयमा गहन भुमिका निभाउने बताएका छन् । कार्यक्रममा बोल्दै उनले आफ्नो टिम सक्षम र सबल भएको भन्दै टिमले सकेसम्म यस क्षेत्रमा रहेका समस्याहरुको हल खोज्दै सदस्यको हितमा काम गर्नेसमेत बताएका छन् । हालसम्म नाडामा देखापरेका समस्याहरुलाई मध्येनजर गरेर अघि बढ्नेसमेत उनले प्रतिवद्धता जाहेर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This