Logo

स्प्राइटद्वारा ४ भाग्यशाली विजेतालाई बजाज पल्सर मोटरसाइकल हस्तान्तरण, २६३ जनाले पाए मोबाईल

स्प्राइटद्वारा ४ भाग्यशाली विजेतालाई बजाज पल्सर मोटरसाइकल हस्तान्तरण, २६३ जनाले पाए मोबाईल



काठमाडौं । लेमन–लाइम पेय पदार्थ स्प्राइटले ४ जना भाग्यशाली विजेतालाई एक एक ओटा बजाज पल्सर १२५ सीसी हस्तान्तरण गरेको छ । कोे ‘स्क्रिन टाइम प्रमोशनल अभियान’ अन्तर्गत ‘चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ शीर्षकको क्याम्पेन अन्तर्गतका विजेतालाई उक्त मोटरसाईकलहरु हस्तान्तरण गरिएको हो ।

laxmi

बोट्लर्स नेपालका च्यानल मार्केटिङ म्यानेजर सुमित दास र हंसराज हुलासचन्द एन्ड को प्रालिका असिस्टेन्ट जनरल म्यानेजर पुनम सिंहले टेकु स्थित बजाज शोरुममा विजेताहरुलाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् । यस्तै गरि विराटनगर, चितवन र हेटौँडाका विजेताहरुलाई पनि चाँडै मोटरसाइकल हस्तान्तरण गरिनेछ ।

त्यस्तै कार्यक्रमका बाँकी ५ जना विजेताहरुलाई ४३ इन्चको सामसङ टि.भि. र २ सय ६३ जना विजेताहरुलाई सामसङ मोबाइल पनि प्रदान गरिएको थियो । पर्सा, वीरगन्ज, धरान, ताप्लेजुङ लगायत समग्र नेपालबाट नै उल्लेखनीय सहभागिता रहेको र सोही क्षेत्रहरुबाट विजेताहरु छनोट भएकोले यो अभियान सफलतापूर्वक सम्पन्न भएको छ ।

बजाज पल्सर १२५ सीसी विजेता सौगात पुलामीले क्याम्पेनमा सहभागि लाखौंँमा छानिएर आफुले बाइक जितेकोमा खुशी लागेको बताए ।
यो क्याम्पेन सेप्टेम्बर १५, २०२१ देखि नोभेम्बर ४, २०२१ सम्म सन्चालन भएको थियो । यो क्याम्पेन दिनको महत्वपूर्ण समयमा युवाहरुलाई रिफ्रेश हुन प्रेरित गर्ने उद्धेश्यको साथ शुरु गरिएको स्प्राइटको “क्लियर छ “ क्याम्पेनको एउटा हिस्सा थियो । यो क्याम्पेनको टि.भि.सी.मा अनमोल के.सी. लाई छायांकन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL