Logo

स्मार्ट च्वाइस टेक्नोलोजिजले सुरु गर्‍यो ‘३डीएस पहुँच नियन्त्रण सर्भर’ सेवा

स्मार्ट च्वाइस टेक्नोलोजिजले सुरु गर्‍यो ‘३डीएस पहुँच नियन्त्रण सर्भर’ सेवा



नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले ‘३डीएस पहुँच नियन्त्रण सर्भर (एसीएस)’ सेवा सफलतापूर्वक सञ्चालनमा ल्याएको छ।

नयाँ सेवामा आबद्ध हुने पहिलो बैंक ग्लोबल आइएमई बैंक बनेको छ भने एनएमबि बैंक ले पनि यो सेवा प्राप्त गरिसकेको छ। यी सहकार्यपछि दुबै बैंकका कार्ड प्रयोगकर्ताले अनलाइन कारोबार गर्दा अझ सुरक्षित र भरपर्दो प्रमाणीकरण सुविधा पाउनेछन्।

एससीटीका अनुसार एसीएस सेवा नेपालमा डिजिटल भुक्तानी प्रणालीमा नयाँ उपलब्धिका रूपमा स्थापित भएको छ। अनलाइन किनमेल, टिकट काट्ने जस्ता कारोबारमा वास्तविक समयमा प्रमाणीकरण र ठगी नियन्त्रण गर्ने सुविधा उपलब्ध गराउँदा यसले प्रयोगकर्ताको अनुभवलाई सहज र विश्वासिलो बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ।

डिजिटल माध्यममा ग्राहकको भरोसा बढाउन सहयोग गर्ने यो सेवा नेपाललाई अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्थाहरूका सुरक्षा मापदण्डसँग नजिक ल्याउने र नगदविहीन अर्थतन्त्रतर्फको यात्रामा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्