Logo

GBIME

स्प्राइटको नयाँँ क्याम्पेन–‘पिरोको झट्का स्प्राइटले मेटा’

स्प्राइटको नयाँँ क्याम्पेन–‘पिरोको झट्का स्प्राइटले मेटा’



काठमाडौँ । नेपालको लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले पिरोको झट्का स्प्राइटले मेटा नामक नयाँँ क्याम्पेन शुरुवात गरेको छ । पिरो खानेकुरा खाएपछि पिरो मेटाउन र खानेकुराहरुको स्वाद अझै लिनको लागि स्प्राइट सबैभन्दा उपयुक्त पेय पदार्थ हो भन्ने सन्देश दिनको लागि यो नयाँँ क्याम्पेन शुरुवात गरिएको कम्पनीले जनाएको छ ।

Laxmi

यो क्याम्पेनको एउटा भागको रुपमा नयाँँ टेलिभिजन कमर्सियल पनि बनाइएको कम्पनीले जनाएको छ, जसमा जसिता गुरुङ, नाजिर हुसेन र कबिता नेपालीले अभिनय गरेका छन् । जनकपुरमा छायांकन गरिएको यो टिभिसिमा त्यहाँको स्थानीय संस्कृति र खानेकुराहरुलाई देखाइएको छ ।

क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने “नेपाली युवाहरु पिरो चाउचाउ, पिरो चट्पटे जस्ता पिरो खानेकुरा अत्यन्तै रुचाउँछन् । यो नयाँँ क्याम्पेनले त्यस्तो पिरो खानेकुराहरुको लागि स्प्राइट नै सबैभन्दा राम्रो साथी भएको सन्देश दिएको छ । यो क्याम्पेनलाई लिएर हामी धेरै उत्साहित छौँ र हामीलाई आशा छ हाम्रा उपभोक्ताहरुले पनि आफ्नो मन पर्ने पिरो खानेकुरासँग स्प्राइटको भरपुर मजा लिनुहुनेछ ।”

गत वर्ष स्प्राइटले अझ रिफ्रेशिङ लेमनको स्वादमा स्प्राइट नेपाली बजारमा ल्याएको थियो जुन उपभोक्ताहरुको रोजाइ अनुसारको परिमाणमा उपलब्ध छ । अहिले बजारमा १७५ मिलि र २५० मिलिको आरजिबि बोतल (रिटर्नेबल ग्लास बोतल) तथा २५०मिलि, ५०० मिलि, १ लिटर र १.५ लिटर २.२५ लिटरको पेट बोतलमा बजारमा उपलब्ध रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
NCHL
NTC