Logo

जिवेश दाहाल बने ‘आईएमई डबलको डबलको डबल अफर’को विजेता, साढे १२ लाख रुपैयाँ हात पारे

जिवेश दाहाल बने ‘आईएमई डबलको डबलको डबल अफर’को विजेता, साढे १२ लाख रुपैयाँ हात पारे



काठमाडौं । आइएमइले ल्याएको चाडपर्व अफर ‘आइएमई डबलको डबलको डबल’ अफरको विजेता जिवेश दाहाल बनेका छन् । प्रविधिमा आधारित लक्की ड्र मार्फत सार्वज्निक गरिएको नतिजा अनुसार आइएमईका सेवाग्राही जिवेश दाहाल भाग्यशाली विजेता छनोट भएका हुन् ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल, ब्राण्ड एम्बेसडर दीपकराज गिरि र दीपाश्री निरौलाले संयुक्त रुपमा प्रविधिमा आधारित स्टार्ट बटन क्लिक गरि भाग्यशाली विजेता छनोट गरेका हुन् ।

laxmi

सेवाग्राही दाहालले उक्त अफर अवधिमा विदेशबाट आइएमई मार्फत नेपालमा रहेका आफ्ना आफन्तलाई १ लाख ५६ हजार ५ सय ५८ रुपैयाँ पठाएका थिए ।

स्किम अनुसार उनले पठाएको रकमको ८ गुणा बढि रकमस्वरुप उनले १२ लाख ५२ हजार ४ सय ६४ रुपैयाँ प्राप्त गरेका छन् ।

उनले प्राप्त गरेको उक्त रकम नेपालमा बस्ने उनकी श्रीमतिलाई हस्तान्तरण गर्ने योजना रहेको ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले जानकारी दिए । उनका अनुसार नेपालमा आइएमईको कल्चर स्थापना गरी वैधानीक बाटोबाटा विदेशमा कमाएको पैसा नेपालमा ल्याउन सहयोग पुर्याउने आइएमईले आफ्ना ग्राहकलाई सन्तुष्ट पार्नका लागि भएपनि यस्ता अफरहरु सार्वजनिक गरिरहेको बताए । उनले लक्की ड्रका विजेतालाई बधाई दिँदै उपहार उनकी श्रीमतीलाई हस्तान्तरण गर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै आइएमई ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले पछिल्लो ३ महिनायता नेपालमा रेमिट्यान्स आप्रवाह खस्किरहेको बताए । उनका अनुसार पैसाभन्दा बस्तु बढि आयात हुन थालेपछि यसको असर रेमिट्यान्स आप्रवाहमा परेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL