Logo

तिहार पछि एकैदिन १ हजार ५ सयले बढ्यो सुनको मूल्य, प्रतितोला ९२ हजार ५ सयमा कारोबार

तिहार पछि एकैदिन १ हजार ५ सयले बढ्यो सुनको मूल्य, प्रतितोला ९२ हजार ५ सयमा कारोबार



काठमाडौं । तिहारपछिको पहिलो दिन सुनको मुल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ । तिहार पछिको पहिलो दिन कारोबार भएकोमा सुनको मुल्य बढेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँको खरिदबिक्री भैरहेको छ । तिहार अघिको अन्तिम दिन अर्थात बिहीबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ रहेको छ । जसको मूल्य बिहीबार प्रतितोला रु ९० हजार ५०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला २५ रुपैयाँले उकालो लागेर १ हजार २ सय ५० मा कारोबार भैरहेको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८१९ दशमलव ७३ डलरमा कारोबार भइरहेको छ

प्रतिक्रिया दिनुहोस्
MBL