Logo

बोर्डको अध्यक्ष चयनका लागि तात्तियो अर्थमन्त्रालय, छनौट समिति गठन गर्ने निर्णय

बोर्डको अध्यक्ष चयनका लागि तात्तियो अर्थमन्त्रालय, छनौट समिति गठन गर्ने निर्णय



काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष पद छनोटका लागि छनौट समिति गठन गरिएको छ । अर्थ मन्त्रालय मन्त्रालय स्रोतका अनुसार छनौट समिति गठन गर्ने मन्त्रिस्तरिय निर्णय भएको हो ।

laxmi

मन्त्रालय स्रोतका अनुसार हालसम्म अध्यक्ष छनोट गर्ने निर्णय भएपनि पत्र भने वितरण भइसकेको छैन । ३ सदस्यीय छनौट समितिको नेतृत्व योजना आयोगका पदाधिकारीले गर्नेछन् । जसमा उपाध्यक्ष डा विश्व पौडेल वा सदस्य डा रामकुमार फुयाँल मध्ये एक जनाले संयोजकको भूमिका निर्वाह गर्नेछन् ।

अर्का सदस्यमा भने अर्थ सचिव मधु मरासिनी रहेका छन् । तीन सदस्यीय कमिटीको तेस्रो विज्ञका रुपमा भने प्राडा नारायण प्रसाद पौडेल रहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL