Logo

साताको पहिलो दिन दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब ७७ करोडमै सिमित

साताको पहिलो दिन दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब ७७ करोडमै सिमित



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । नेप्सेका अनुसार आज बिहानैदेखि उकालो लागेको बजारमा परिसुचक २७ दशमलव ५१ अंकले बढेर २ हजार ५८४ को विन्दुमा पुगेको हो ।

laxmi

आज बजारमा कारोबार भएको व्यापार समुहबाहेकका सबै समुहको परिसुचक उकालो लागेको छ । जसमा सबैभन्दा बढि अंकको वृद्धि भने उत्पादनमुलक समुहमा देखिन्छ । नेप्सेका अनुसार आज उत्पादनमुलक समुहको परिसुचक १०५ अंकले उकालो लागेको छ । यस्तै वित्त, विकास बैंक र जिवन बीमा समुहको परिसुचकमा आईतबार क्रमशः ८९, ७२ र ६७ अंकको वृद्धि देखिन्छ ।

यस्तै बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक आज ६ दशमलव १३ अंकले उकालो लागेको छ । बजारमा आज २ सय २५ कम्पनीका ५८ लाख १८ हजार २५ कित्ता सेयर ३८ हजार १ सय ४७ पटक किनबेच हुँदा कारोबार रकम भने २ अर्ब ७७ करोड ३४ लाख रुपैयाँमा सिमित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL