Logo

सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो, चाँदीको मूल्यमा पनि वृद्धि

सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो, चाँदीको मूल्यमा पनि वृद्धि



काठमाडौं । नेपाली बजारमा सुनको मुल्य विहीबार प्रतितोला ३ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार घटबढ भईरहेको सुनको मूल्य पछिल्लो समय भने उकालो लाग्ने क्रममा छ ।

laxmi

बुधबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बिहीबार बढ्दै प्रतितोला ९१ हजार ७ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले उकालो लागेको छ ।

महासंघका अनुसार बुधबार प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दा प्रतितोला १२ सय ६० पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL