Logo

साताको पहिलो दिन नेप्से ६ अंकले घट्यो, कारोवार पनि डेढ महिना यताकै न्युन

साताको पहिलो दिन नेप्से ६ अंकले घट्यो, कारोवार पनि डेढ महिना यताकै न्युन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१४ मंसिर, काठमाडौं । सार्क शिखर सम्मेलन पछिको पहिलो दिन नेप्से परिसुचक ओरालो लागेको छ । साताको पहिलो दिन नेप्से परिसुचक ६ दशमलव १३ अंकले घटेको छ । बजार खुलेपछि केही समय उकालो लागेको नेप्से परिसुचक अन्तत ८ सय ५६ दशमलव ७५ अंकमा आएर अडिएको छ ।

आइतबार बजारमा उत्पादन मुलक समुह वाहेक अन्य सवै समुहका परिसुचक ओरालो लागेको छ । जसमा सवैभन्दा बढी बीमा समुहको परिसुचक ओरालो लागेको छ । उक्त समुहको परिसुचक ३१ दशमलव ६५ अंकले घटेको छ । यस्तै, जलविद्युत् समुहको परिसुचक पनि २० दशमलव ८४ अंकले ओरालो लागेको छ । आइतबार बैंङकिङ समुह पनि ६ अंकले घटेको छ भने विकास बैंक समुह ३ दशमलव ३८ अंकले घटेको छ ।

आइतबार विगतको तुलनामा सेयर कारोवार रकम पनि न्युन भएको छ । दिनभर ११ करोड ५६ लाख रुपैयाँ बरावरको २ करोड ५१ लाख कित्ता सेयर मात्र कारोबार भएको छ । यो कारोवार झण्डै डेढ महिना यताको न्युन हो । बजारमा सेन्सेटिभ र फ्लोट समुहको परिसुचक पनि ओरालो लागेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL