Logo

सेबोनका निलम्बित अध्यक्ष ढुंगानाको मुद्दा, सर्वोच्चद्वारा सरकारका नाममा कारण देखाउ आदेश जारी

सेबोनका निलम्बित अध्यक्ष ढुंगानाको मुद्दा, सर्वोच्चद्वारा सरकारका नाममा कारण देखाउ आदेश जारी



काठमाडौं । नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्मराज ढुंगानाको मुद्धामा कारण देखाउ आदेश जारी भएको छ । आफ्नो निलम्बनविरुद्ध सर्वाेच्चमा रिट दायर गरेका ढुंगानाको रिटको सुनुवाइ गर्दै सर्वाेच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले भदौ २९ गते सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

laxmi

बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासन गर्ने प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर आफ्नी छोरी रेविका ढुंगानाको नाममा खरिद गरेको भेटिएपछि उनी विवादित बनेका थिए ।

सोही विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयले आन्तरिक रूपमा छानवीन समिति बनाएको थियो । गत भदौ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई निलम्बन गर्दै छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

मन्त्रिपरिषद्को उक्त निर्णयसँगै ढुंगानाले आफ्नो निलम्बनविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउँदै भदौ २३ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL