Logo

बजारमा उच्च अंकको उतारचढाव, राष्ट्र बैंकको नीति देखाएर आन्दोलनको नाममा चलखेल

बजारमा उच्च अंकको उतारचढाव, राष्ट्र बैंकको नीति देखाएर आन्दोलनको नाममा चलखेल



काठमाडौं । नेपाल स्टक एस्कचेञ्ज (नेप्से)मा लामो समयपछि नकारात्मक सर्किट लागेको छ । साताको पहिलो दिन बजारको खुलेको २ घण्टा नवित्दै बजार ५ प्रतिशतले घटेर लामो समयपछि नेगेटिभ सर्किट लागेको हो । तर त्यसपछि बजार सामान्य लयमा फर्कदै ३.७० अंकले घट्दै बन्द हुन पुगेको थियो ।

laxmi

पछिल्लो समय राष्ट्र बैंकले ल्याएको सेयर कर्जा सम्बन्धी नीतिका कारण बजार असर परेको भन्दै लगानीकर्ताले आन्दोलनको नाममा चलखले सुरु गरेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । लामो समयसम्म उच्च अंकले घटेको बजारमा केही गिरावट आईरहँदा बजारमा चलखेल गर्ने लगानीकर्ताले राष्ट्र बैंकको मार्जिन प्रकृतिको कर्जाको १२ करोडको सीमालाई देखाएर बजारमा थ िचलखेल गर्न सुरु गरेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

अर्थमन्त्री जनार्दन शर्माले आफुले पदबहाली गरेसँगै बजारलाई समय सापेक्ष शुद्धिकरण गर्दै साना लगानीकर्ताको हितमा हुने गरी नीति नियम परिमार्जन गर्ने उद्घोष गरेका थिए । सोही अनुरुप राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा ठूला लगानीकर्तालाई मार्जिन कर्जा लिएर गर्ने ठूलो कारोबारमा रोक लगाएको थियो । सोही अनुरुप लगानीकर्ताले मार्जिन कर्जा लिएर खरिद गरेको सेयर बिक्री गर्दा बजारमा बिक्री चाप परेको थियो ।

पछिल्लो समय लगानीकर्ताले बजारलाई आफ्नो गतिमा चल्न दिनुभन्दा पनि राष्ट्र बैंकको नीतिलाई प्रभावित पार्नकै लागि पनि सोही अनुरुप चलखेल सुरु गरेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । गतहप्ता मात्रै नेपाल इन्भेष्टर्स फोरमले राष्ट्र बैंकको उक्त नीति तत्काल खारेज गर्नुपर्ने भन्दै अर्थमन्त्री शर्मालाई ज्ञापन पत्र बुझाएका थिए भने केही स्वघोषित लगानीकर्ताका संघसंस्थाले आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । सोही अनुरुप राष्ट्र बैंकको नीतिलाई प्रभावित पार्नकै लागि बजारमा चलखेल भएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

तर राष्ट्र बैंकले सेयर कर्जामा दिने सिमा घटाएको भन्दै बजार उच्च गतिमा ओरालो लाग्न शुरु गरेको देखिन्छ । पछिल्लो समय बजारमा प्राकृतिक रुपको घटाई भन्दा पनि राष्ट्र बैंकको नीतिलाई प्रभावित पार्न सेलिङ प्रेसर ल्याउँदै बजार उच्च रुपमा घटाएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८।७९ को मौद्रिक नीतिमार्फत मार्जिन लेण्डिङको एकाघर परिवार अर्थात सिङ्गल अब्लिगर लिमिट १२ करोड रुपैयाँमा झारेर १ वर्षभित्र उक्त सीमा ल्याउन निर्देशन दिएको थियो । तर राष्ट्र बैंकले एक वर्षको सीमा दिएपनि यस अघि प्लेजमा भएको सेयर बिक्री गरेर पुनः कर्जा लिदा १२ करोड रुपैयाँको सीमा लागु हुने हुँदा बजारमा असर देखिएको छ ।

हाल राष्ट्र बैंकको सेयर कर्जाको सीमा भन्दा पनि पछिल्लो समय उच्च गतिमा बढेको बजारले करेक्सनको बाटो लिएको एक लगानीकर्ताले बताए । ‘पछिल्लो समय लामो समयदेखि लगानीकर्तालाई कुनै बोनस दिन नसकेको जलविद्युत कम्पनी तथा तिनै कम्पनीको हकप्रद सेयरको हल्लाका कारण जलविद्युत कम्पनीको सेयर मुल्य उच्च बढाएका थिए,’ ती लगानीकर्ताले भने, ‘साथै पछिल्लो समय विकास बैंक, फाइनान्स र माईक्रोफाइनान्सले पनि हकप्रद सेयर जारी गर्न पाउने भन्दै बजारमा म्यानुपुलेशन गरेका थिए तर मौद्रिक नीतिले त्यसलाई सम्बोधन नगरेपछि त्यसरी बढेको बजारमा पुनः गिरावट आएको हो ।

आईतबार बजार बन्द हुँदा १०८ अंकको गिरावट आएको छ । बजारमा सबै समुहका परिसुचकमा गिरावट आउँदा सबैभन्दा बढि निर्जीवन बीमा समुहको परिसुचकमा ५१९ अंकको गिरावट आउँदा जीवन बीमा समुहको परिसुचक ५११ अंकले घट्न पुगेको छ । यसैगरी फाइनान्स समुहको परिसुचक २३९ अंकले घट्दा जलविद्युत र व्यापार समुहको परिसुचक २१६ अंकको गिरावट आएको छ । यस्तै बजारमा सबैभन्दा बढि प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक पनि साढे ४४ अंकले घट्न पुगेको छ ।

आईतबार बजारमा कारोबार रकममा भने केही सुधार आएको छ । दिनभर कुल ११ अर्ब २४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै दिनभर २२३ कम्पनीको २ करोड ३० कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL