Logo

प्रि ओपनिङमा नेप्सेले पार गर्यो ३१ सयको रेखा, ४७ कम्पनीको मुल्यमा वृद्धि

प्रि ओपनिङमा नेप्सेले पार गर्यो ३१ सयको रेखा, ४७ कम्पनीको मुल्यमा वृद्धि



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले प्रि ओपनिङमै नयाँ रेकर्ड कायम गर्दै ३१ सयको अंक पार गरेको छ । प्रि ओपनिङमा ४७ ओटा कम्पनीको मुल्य वृद्धि हुँदै समग्र नेप्से परिसुचक ३ हजार १ सय ३ दशमलव ५३ अंकमा उक्लिएको छ ।

laxmi

पछिल्लो समय बढ्दो बजारमा नेप्सेले दैनिक जसो नयाँ रेकर्ड बनाईरहेको अवस्थामा बिहीबार ३१ अंकको रेखा पार गरेको हो । बिहीबार प्रि ओपनिङ्मा नेप्से ८ अंकले बढ्दा १ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बिहीबारको प्रि ओपनिङ्मा पनि विशेष गरी जलविद्युत कम्पनीको सेयर मुल्य बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL