Global_Ime

टोकला मसला चिया अब नयाँ प्याकमा, मानव स्वास्थ्यका लागि लाभदायी


बिजखबर संवाददाता
26 July, 2021 5:24 pm

Tokla-Masala-Tea

काठमाडौं । नेपाल चिया विकास निगम लिमिटेडले बजारमा नयाँ आकर्षक प्याकमा टोकला मसला चियाको बिक्री वितरण सुरु गरेको छ ।
निगमको आफ्नै बगानबाट टिपिएको ताजा एवं उत्कृष्ट चिया र असली मसलाहरुको मिश्रण गरी तयार पारेको यो मसला चिया उच्च गुणस्तरीय र स्वास्थ्यवर्धक रहेको कम्पनीले जनाएको छ ।

Yamaha

साथै नयाँ प्याकको चियामा अदुवा, सुकमेल, ल्वाङ, दालचिनी र मरिच जस्ता रोग प्रतिरोधी क्षमता बढाउने तथा मानव स्वास्थ्यका लागि अत्यन्तै हितकारी मसलाहरुको समिश्रण रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom