Logo

सिभिल बैंकको सीईओमा सुनिल पोखरेल नियुक्त, बैंकिङ क्षेत्रमा ३ दशकको अनुभव

सिभिल बैंकको सीईओमा सुनिल पोखरेल नियुक्त, बैंकिङ क्षेत्रमा ३ दशकको अनुभव



काठमाडौं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल पोखरेल नियुक्त भएका छन् । बैंकको जेठ २७ गते आज बसेको संचालक समितिको बैठकले पोखरेललाई सीईओमा नियुक्त गरेको हो ।

बैंक संचालक समितिले पोखरेललाई आगामी ४ वर्षको लागी सीईओमा नियुक्त गरेको हो । यस अघि बैंकका सीईओ गोविन्द गुरुङले पदबाट राजिनामा दिएसँगै पोखरेलले कामु सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए । 

नवनियुक्त सीईओ पोखरेल २०७६ जेठमा सिभिल बैंकको डेपुटी सीईओमा भित्रिएका थिए । पोखरेलले आगामी असार १८ गतेबाट लागू हुनेगरि सीईओको कमान्ड सम्हाल्नेछन् । 

नवनियुक्त सीईओ पोखरेलको बैंकिङ क्षेत्रमा ३ दशक लामो अनुभव रहेको छ । उनले एनआईसी, नबिल, स्टान्डर्ड चार्टर्ड बैंक हुँदै म्यानमारको एसियन ग्रीन डेभलपमेन्ट बैंकमा काम गरिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्
MBL