Logo

सांग्रिला डेभलपमेन्ट बैंकको ७५ करोडको डिबेन्चर असार ६ देखि बिक्रीमा, ९ प्रतिशत ब्याज

सांग्रिला डेभलपमेन्ट बैंकको ७५ करोडको डिबेन्चर असार ६ देखि बिक्रीमा, ९ प्रतिशत ब्याज



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडको १० वर्षे अवधिको ऋणपत्रको बिक्रीमा ल्याउने भएको छ । बैकले आगामी असार ६ गतेदेखि ७५ करोड रुपैयाँ ऋणपूँजी रकम बराबरको “सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७” को निष्काशन गर्न लागेको हो । 

असार ६ गतेदेखि निश्कासन हुने ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ । वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र प्रतिइकाई रु. १००० दरमा किन्न पाइनेछ । 

कुल निश्कासन हुने ७ लाख ५० हजार इकाई(युनिट) डिवेञ्चरमध्ये ४ लाख ५० हजार युनिट व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख युनिट सर्वसाधारणका लागि सार्वजनिक निश्कासनको माध्यबाट बिक्री गरिनेछ । 

सर्वसाधारणलाई सुरक्षित गरिएको ऋणपत्रका इकाईमध्ये ५ प्रतिशतले हुन आउने १५ हजार युनिट भने सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भइसकेको छ । बैंकको ऋणपत्रका लागि निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । साथै बैंकले नागरिक लगानी कोषसँग यसअघि नै डिबेन्चर प्रत्याभूत सम्बन्धी सम्झौता गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL